समाचारबिहीबार, आश्विन १०, २०७०

परराष्ट्र सचिव थापा सार्क महासचिवमा सिफारिस

हिमालखबर

मन्त्रिपरिषद बैठकले १० असोजमा परराष्ट्र सचिव थापालाई रिक्त रहेको सार्क महासचिवमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । थापा ६ साउनमा सहसचिवबाट सचिवमा बढुवा भएका हुन । सार्क देशहरूले पालैपालो महासचिव बनाउने व्यवस्था अनुसार यसपटक नेपालको पालो परेको छ ।

यस्तै बैठकले नेपाल विद्युत प्राधिकरणको संचालक समितिको अध्यक्ष उर्जा सचिव विश्वप्रकाश पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सहसचिवहरू बालकृष्ण घिमिरेलाई सामान्य प्रशासन, चण्डिप्रसाद दाहाललाई सूचना आयोग र ध्रवप्रसाद ढकाललाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>