समाचारशुक्रबार, आश्विन ११, २०७०

जनकपुरमा सह–प्राध्यापकको हत्या

हिमालखबर

जनकपुरस्थित जनकहजारी विद्यापीठ र धनुषा साइन्स क्याम्पसमा नेपाली विषय पढाउने सह–प्रध्यापक ५० वर्षीय सत्यनाराण गडेरीको शव धुनषाको कुर्थामा घाँटी रेटिएको र छातीमा गोली लागेको अवस्थामा फेला परेको छ ।

सिरहा जिल्ला अरनाका स्थायी वासिन्दा गडेरीको शव असोज विहान पाँच बजे विभत्स अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

१० असोज बेलुकासम्म सहकर्मीहरुको सम्पर्कमा रहेका गडेरीलाई राति कसले र किन हत्या गर्‍यो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

गडेरीका नेपाली व्याकरणलगायत नेपाली भाषाका विभिन्न पाठ्यपुस्तक प्रकाशित छन् ।
इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>