समाचारशुक्रबार, आश्विन ११, २०७०
बहिस्कार गर्नेहरु समाप्त हुन्छन्ः महतो
११ असोजमा विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सदभावना अध्यक्ष राजेन्द्र महतोले कसैले निर्वाचन बहिस्कार गर्न खोजेमा उनीहरुको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन् ।
संविधान सभाको निर्वाचन सामान्य निर्वाचन नभई मुलुक र जनताको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्वाचन भएको भन्दै महतोले ४ मंसीरको विरोधमा उत्रिएका राजनीतिक दलहरुलाई एक पटक पुनःविचार गर्न सल्लाह दिएका थिए ।
