समाचारशुक्रबार, आश्विन ११, २०७०

जिम्मेवारी पूरा गर्न सेना तयार

हिमालखबर

प्रधानसेनापति गौरवशम्शेर जबरा

प्रधानसेनापति गौरवशम्शेर राणाको एक साता लामो भारत भ्रमणका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी पूरा गर्न सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने बताएको छ ।

सैनिक जनसम्पर्क निर्देशक तथा नेपाली सेनाका प्रवक्ता जगदीश पोखरेलले ११ असोजमा आयोजित पत्रकार सम्मेलनमा नियमित बाहेकका जिम्मेवारी पूरा गर्न सेनासँग स्रोत–साधनको अभाव रहेको भन्दै थप सहयोग मागिएको बताएका हुन् ।

भारतका सेनाध्यक्ष ब्रिगेडियर जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणमा प्रधानसेनापति राणा पा“च सदस्यीय टोलीको नेतृत्व गर्दै १३ असोजमा भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा प्रधानसेनापति राणाले भारतीय स्थल सेनाका प्रमुख लगायत विभिन्न उच्च सैनिक अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति राणाले भारतको पिथौरागढस्थित सैनिक तालिम केन्द्रको निरीक्षण गर्ने कार्यक्रमसमेत छ । प्रधानसेनापति भएपछि राणाको यो तेस्रो भारत भ्रमण हो । 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>