थप समाचारशनिबार, आश्विन १२, २०७०

बोक्सीको आरोपमा प्रताडित गर्नें नेता पक्राउ

हिमालखबर

नेकपा–माओवादीका जिल्ला कमिटी सचिवालय सदस्य एवम् जलेश्वर नगरका पार्टी इन्चार्ज विकरु पसवानलाई प्रहरीले ११ असोजमा पक्राउ गरी जेल चलान गरेको छ । पासवानलाई १५ वर्षअघिको सार्वजनिक अपराधअन्तर्गतको मुद्दामा अन्तिम अदालतको फैसलाअनुसार पक्राउ गरिएको र महोत्तरी जिल्ला अदालतमा पेस गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

पासवानलार्ई सार्वजनिक अपराधअन्तर्गत सर्वोच्च अदालतको २०५५ असार २४ गतेको फैसलाले तीन महिनाको कैद सजाय तोकेको थियो । जलेश्वर–४ का बासिन्दा पासवानलाई २०५१ सालमै एक सिंह थरकी महिलालाई बोक्सीको आरोपमा मानव मलमूत्र खुवाएको भन्दै पीडित महिलाले मुद्दा हालेकी थिइन् ।

सो मुद्दा जिल्ला प्रशासन कार्यालय महोत्तरी, पुनरावेदन अदालत जनकपुर हुँदै सर्वोच्च अदालत पुगी अन्तिम फैसला भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>