समाचारशनिबार, आश्विन १२, २०७०

अध्यक्ष रेग्मी न्युयोर्कमा, आजै मनमोहनलाई भेट्ने

हिमालखबर

मन्त्रिपरिषद अध्यक्ष  खिलराज रेग्मी नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्रसचिव अर्जुनबहादुर थापा तथा त्यहाँस्थित स्थायी नेपाली नियोगका वरिष्ठ अधिकारीले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रेग्मीले नेपाली समयअनुसार १२ असोज राति ८ बजे महासभालाई सम्बोधन गर्नेछन् । त्यसैगरी उनले राष्ट्र सङ्घका महासचिव बान कि–मुन र भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल गत १० असोज राति न्युयोर्कका लागि प्रस्थान गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>