थप समाचारआइतबार, आश्विन १३, २०७०
पाकिस्तानमा बम विस्फोट, ३३को मृत्यु
लगातार दुईपटक भुकम्पको त्रासदी ब्यहोरेको पाकिस्तानमा आज विहान बम विष्फोट हुँदा ३३ जनाको मृत्यु भएको छ भने कम्तीमा ७० व्यक्ति घाइते भएका छन् । पेशावर शहरमा भएको विष्फोटमा परेका घाइतेहरूमध्ये धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय प्रहरीचौकी नजिकै १३ असोज बिहान १०.५० बजे रिमोट कन्ट्रोलबाट बम विष्फोट गराइएको पाकिस्तानी प्रहरीले जनाएको छ ।
विष्फोटनको जिम्मा कसैले लिएको छैन भने पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्री दुवैले विष्फोटको कडा शब्दमा भत्र्सना गरेका छन् ।
गत हप्तादेखि हालसम्म पेशावरमा भएको यो तेस्रो ठूलो आक्रमण हो । गत २२ सेप्टेम्बरमा पेशावरमा रहेको गिर्जाघरमा भएको विष्फोटमा ८० व्यक्तिको ज्यान गएको थियो भने ११ असोजमा सरकारी कर्मचारी चढेको बसमा गरिएको बम आक्रमणले ३३ व्यक्तिको मृत्यु भएको थियो ।
सिन्ह्वा
