समाचारआइतबार, आश्विन १३, २०७०

हत्यामा विद्युत प्राधिकरणका अधिकृत संलग्न

हिमालखबर

१० असोजमा धनुषाको कुर्था–६ मा हत्या गरिएका सहप्राध्यापक सत्यनारायण गडेरीको हत्याका अभियुक्तहरु नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय धनुषाका प्रशासकीय अधिकृत लक्ष्मेश्वर राउत, देवडिहा– ३ का ३१ वर्षीय ललन पासवान र २४ वर्षीय नन्दकुमार पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । प्रहरीले प्रमुख योजनाकार भनेका ३२ वर्षीय राउत धनुषाको बहुअर्वाका स्थायी वासिन्दा हुन् ।

धनुषा साइन्स क्याम्पसमा समेत पढाउने सह–प्राध्यापक सत्यनारायणको शव १० असोजमा घाँटी रेटिएको र छातीमा गोली लागेको अवस्थामा फेला परेको थियो ।

हत्यापछि काठमाडौं भागेका राउतलाई प्रहरीले १२ असोजमा टेकुबाट पक्राउ गरेको हो भने अन्य दुई जनालाई देबडिहा गाउंबाटनै पक्राउ गरेको हो ।

सत्यनारायण गडेरीको हत्याका प्रमुख योजनाकार भनिएका राउत र मृतक गडेरीले संयुक्त रुपमा जनकपुरको बाह्रबिघा नजिक २० धुर जग्गा खरिद गरेको र सोही जग्गा विवादका कारण हत्या गरिएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । खरिद गरिएको जग्गालाई प्लटिङ गर्ने विषयमा दुवैबीच विवाद भएको थियो ।

हत्याका योजनाकार राउतले करिब १५ दिनअघि वैदेशिक रोजगारबाट फर्किएका ललन पासवान र मजदुरी गर्ने नन्दकुमार पासवानलाई १ लाख रुपैंया दिने शर्तमा गडेरीको हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

राउतले पासवानद्वयलाई पेस्तोल खरिद गर्न १८,५०० र आफ्नो मोटरसाईकलसमेत दिई पठाएको अभियुक्तले प्रहरीलाई बयान दिएका छन् ।
मनिका झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>