समाचारआइतबार, आश्विन १३, २०७०

निर्वाचन सार्न एमाओवादी नेताको जोड

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १३ असोजमा आयोजना गरेको साक्षात्कारमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउन तयार भए पनि ४ मंसीरको समय अपुग भएको जिकिर गरेका छन् ।
उनले भने, “मिति जस्तो प्राविधिक विषय पनि मिलाउन चार दलले नसक्ने भए नेकपा–माओवादीसँग वार्ता गर्नुको औचित्य छैन ।” श्रेष्ठले थपे, “माओवादी होईन हामी नै भएको भए पनि अहिले सहमति गरेर मंसीर ४ को निर्वाचनमा जान सम्भव छैन ।”

पछिल्लो समय निर्वाचन सार्ने सम्बन्धमा माओवादीसँग छलफलको तारतम्य मिलाइरहेका नेता श्रेष्ठले माओवादीले सबै माग छाडेर प्रधानन्यायाधीशको राजीनामाको एउटा मात्र अघि सारेको भन्दै त्यसलाई पनि पूरा गर्न नसक्नु भनेको चार दलको नियतै ठिक नभएको पुष्टि हुने समेत दाबी गरे ।

माओवादी निर्वाचनप्रति लचक भएर आएकोले आफूहरुले सहमतिको लागि अन्तिम प्रयत्न गरेको र त्यस विषयमा एमाओवादी, एमाले, कांग्रेस र मधेशबादी दलहरुवीच छलफल शुरु भएको जानकारी दिंदै श्रेष्ठले यो प्रयास असफल भए दुर्भाग्यपूर्ण रुपमा मुलुक निर्वाचनमा जाने बताए ।

मिति वर्थ डे होइन: ज्ञवाली

नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले ४ मंसीरको मिति ‘बर्थ डे’को जस्तो परिवर्तन गर्न नसकिने मिति होइन भन्दै नेकपा–माओवादी निर्वाचनमा सहभागी हुन प्रतिवद्ध भए एमाले निर्वाचनको मिति सार्न तयार रहेको बताए ।

त्यसका लागि माओवादीले निर्वाचनमा जाने र प्रधानन्यायाधीशको राजीनामाको विषयमा औपचारिक निर्णय गरेर आउनु पर्ने बताएका थिए ।

“निर्वाचन भाँड्ने निर्णयमा पुगेको माओवादी निर्वाचनमा आउँछु भनेको छ । एक पटक हेर्नै पर्छ,” ज्ञवालीले भने ।
यद्यपि उनले माओवादीको नियतमा शंका भने कायमै रहेको तर्क गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>