समाचारसोमबार, आश्विन १४, २०७०
भारतीय सेनाले हेलिकप्टर र हतियार उपलब्ध गराउने
भारत भ्रमणमा रहेका प्रधानसेनापति गौरवशम्शेर जवरा र भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहबीच १३ असोजमा नयाँ दिल्लीमा भएको भेटवार्तामा भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सवारी साधन लगायतका सामग्रीहरु शिघ्र उपलव्ध गराउने बिषयमा प्रतिवद्धता व्यक्त भएको नेपाली सेनाले जनाएको छ । भेटका अवसरमा नेपाली सेनालाई एएलएच हेलिकप्टर र सो सम्बन्धी तालिम प्रदान गर्ने विषयमा समेत सकारात्मक छलफल भएको सेनाले बताएको छ ।
भारतीय सेनाअध्यक्ष सिंहले प्रधानसेनापति राणाको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए । १४ असोजमा प्रधानसेनापति पिथौरागढमा पुगी नेपाल–भारत संयुक्त तालिमको निरीक्षण गरेका थिए ।
