समाचारसोमबार, आश्विन १४, २०७०

वकिलले मुद्दा दर्ता नगरेपछि हत्या आरोपी अधिकारी रिहा

हिमालखबर

सरकारी वकिलको कार्यालय चितवनले घटनाको अझै अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता नै नगरी प्रहरीलाई फिर्ता गरेपछि कृष्णप्रसाद अधिकारी हत्याका आरोपी रामप्रसाद १४ असोज राति सामान्य तारेखमा छुट्ने भएका छन् ।

कृष्णप्रसादका परिवारले दिएको उजुरीका आधारमा रामप्रसादलाई प्रहरीले ३१ भदौमा काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको थियो ।

२४ जेठ २०६१ मा माओवादी कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेका कृष्णप्रसादका बाबु–आमा नन्दप्रसाद र गंगामायाले छोराका हत्यारालाई कारवाहीको माग गर्दै ४७ दिन अनशनमा बसेका थिए ।

रामप्रसाद अधिकारी पक्राउ परेपछि र सरकारले घटनामा अनुसन्धान गरी दोषिलाई कार्वाही गर्ने लिखित प्रतिवद्धता जनाएपछि अधिकारी दम्पतीले अनसन तोडेका थिए ।

सरकारी वकीलको कार्यालयले दिएको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया जारी राख्दै अधिकारीलाई हाजिरी जमानीमा रिहा गर्न लागिएको चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताएका छन् ।

प्रहरीले अधिकारीलाई ३ वर्ष र अन्य १० जना फरारलाई जन्मकैदको मागदाबी सहित अभियोजनपत्र तयार पारी सरकारी वकिलको कार्यालयमा पठाएको थियो । तर, थप अनुसन्धान गर्न आवश्यक रहेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग पत्र नै दर्ता नगरी अभियुक्तलाई हाजिर जमानीमा छोड्न भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>