समाचारमंगलबार, आश्विन १५, २०७०
लेखीको पार्टीे सहभागी नहुने, बहिष्कार पनि नगर्ने
१५ असोजमा पार्टीका अध्यक्ष राजकुमार लेखीले प्रेस विज्ञप्ति जारी गरी असन्तुष्ट दललाई मूलधारमा नल्याई निर्वाचन परिणाममुखी नहुने बताउँदै यस्तो अवस्थामा आफूले भाग नलिने बताएका छन् । उनले भनेकाछन्, “हाम्रो पार्टी निर्वाचनमा सहभागी हुँदैन र बहिस्कारको कुनै कार्यक्रम पनि गर्दैनौं । ”
संकटबाट मुलुकलाई निकास दिन निर्वाचन नै विकल्प रहेको आफ्नो पार्टीको मान्यता रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
लेखीले विपक्षी दलहरुको ठूलो तप्कालाई बाहिर राखेर गरिने चुनाव परिणामुखी नहुने भन्दै चुनावले मुलुकमा नयाँ किसिमको द्वन्द्व उत्पन्न हुने चेतावनी पनि दिएका छन् ।
“चार नेता नेतृत्वको प्राइभेट लिमिटेड रुपी उच्चस्तरीय राजनीतिक संयन्त्रले मंसीर ४ को चुनावको तिथिलाई चाडपर्वको तिथिजस्तो अपरिवर्तनीय बनाउन खोज्नाले सार्थक चुनावको सम्भावना टर्दै गएको स्पष्ट छ,” विज्ञप्तिमा उल्लेख छ ।
