थप समाचारमंगलबार, आश्विन १५, २०७०
बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराईरहेका जुटपानी ३ का छविलाल लम्साल (५५) को उपचारको क्रममा १५ असोज बिहान मृत्यु भएको थियो । मृगौलाको पत्थरीको अप्रेशनपश्चात सिकिस्त भएका लम्सालको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
अप्रेशनपछि सघन उपचार कक्षमा लम्सालको उपचार भएको थियो । तोडफोडमा संलग्न २ जना जुटपानी ३ का तुलबहादुर मगर र उमेश मोक्तान लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक राउतका अनुसार तोडफोडबाट अस्पतालको ढोका तथा झ्यालका २६ वटा सिसा फुटेको छ ।
सविता श्रेष्ठ, चितवन
