समाचारमंगलबार, आश्विन १५, २०७०

रेखा थापालाई टिकट दिएकोमा पर्सामा विरोध

हिमालखबर

पर्साका पाँचवटै निर्वाचन क्षेत्रबाट भेला भएका एमाओवादीका असन्तुष्ट कार्यकर्ता तथा राज्य समितिका सदस्यहरुले वीरगञ्जमा पत्रकार सम्मेलन गरी पार्टीले आगामी संविधान सभा निर्वाचनका लागि अभिनेत्री र पैसावाललाई प्राथमिकता दिएर पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको भन्दै आपत्ति जनाएका छन् ।

नवप्रवेशीहरुलाई टिकट दिन गरेको निर्णय नसच्चाए विद्रोह गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।

एमाओवादीले अभिनेत्री रेखा थापा, नेशनल मेडिकल कलेजका बसरुद्धिन अन्सारी र प्रल्हाद गिरीलाई प्राथमिकता दिएर आफ्नो अवमूल्यन गरेको असन्तुष्टको भनाई छ ।

पत्रकार सम्मेलनमा भोजपुरा राज्य समितिका सदस्यहरु सन्तोष घिमिरे, बालकृष्ण श्रेष्ठ, अछेलाल ठाकुर, पारस ठाकुर, शम्भू पाल, अमिताभ बच्चन दास, झक्कड मियाँलगायतको सहभागिता थियो ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>