समाचारबुधबार, आश्विन १६, २०७०
सुप्रभा घिमिरेले कांग्रेस छोडिन्
नेपाली कांग्रेस संसदीय बोर्डले युवा नेता गगन थापालाई काठमाडौं ४ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएपछि असन्तुष्ट भएकी घिमिरेले कांग्रेस परित्यागको घोषणा गरेकी छन् ।
यसअघि क्षेत्र नम्बर ४ बाट गगन थापाको उम्मेदवारीका लागि सिफारिस भएदेखि नै घिमिरेले असन्तुष्टि जनाउँदै आएकी थिइन् । उनले आफ्नो योगदानको वर्तमान नेतृत्वले कदर नगरेको आरोप लगाएकी छन् ।
उनले नेपाली कांग्रेस छोडे पनि अन्य कुनै पार्टीमा भने प्रवेश नगर्ने स्पष्ट पारेकी छन् । उनले भनिन्, “तीन दशक कांग्रेसमा बिताएकी छु, अब यो पार्टी छोडे पनि स्वतन्त्र नै रहनेछु ।”
