थप समाचारबुधबार, आश्विन १६, २०७०

गुजरातको ‘बेबी फ्याक्ट्री’ मा भाडाको कोख

BBC

डा. नयन पटेल गुजरातमा सरोगेसी हाउस चलाउँछिन् ।

गर्भधारणको अवधिभर सरोगेट आमाहरु वेग्लै घर (डर्मेट्री) मा बस्छन् जस्लाई आलोचकहरुले ‘बेबी फ्याक्ट्री’ भन्ने गरेका छन् ।

निःसन्तान व्यक्तिहरुले यसरी सन्तान प्राप्त गर्छन तर, पैसाका लागि अर्कैको भ्रुण आफ्नो गर्भमा राख्ने महिलाहरुको स्थिति भने दयनीय हुन्छ ।

२८ वर्षीय वसन्ती गर्भवती छन्, उनको पेटमा हुर्किरहेको भ्रुण एक जापानी दम्पतीको हो । यसवापत वसन्तीले पाँच लाख रुपैयाँ पाउनेछिन् । यो रकम उनलाई नयाँ घर बनाउन र आफ्ना दुई बच्चालाई पढाउन पर्याप्त हुनेछ । वसन्ती भन्छिन, “भारतमा पारिवारिक सम्बन्ध निकै बलियो हुन्छ, हामी आफ्ना बच्चाका लागि जे पनि गर्न तयार हुन्छौं ।”

सरोगेसी हाउस
गुजरातको सानो शहर आणंदमा डा. नयन पटेलको अस्पताल छ । वसंती भ्रूण इम्प्लांटपछि यसै अस्पताल नजिकै बनेको घरमा नौ महीन बसिन् । यहाँ उनीसँगै १०० अन्य सरोगेट आमाहरु पनि थिए र प्रत्येक कोठामा १० जना आमाहरुलाई राखिएको थियो ।

डर्मेट्रीका नर्सले उनीहरुलाई समय–समयमा खाना, भिटामिन र औषधी दिईराख्छन् र आराम गर्न सल्लाह दिन्छन् । तर बच्चा नजन्मँदासम्म उनीहरुलाई घर जाने अनुमति हुँदैन ।

डर्मेट्रीमा गर्भावस्थाको अवधिभर सेक्स वर्जित हुन्छ । यहाँको नियम अनुसार, कुनै पनि दुर्घटनाका लागि कोही जिम्मेवार हुँदैन, न अस्पताल, न डाक्टर र न त संतान चाहने दम्पती ।

पैसा

डा पटेल सरोगेट आमाहरुलाई सीप विकासको तालिम दिइने बताउँछिन् ।

यदि सरोगेट आमाले जुम्ल्याहा बच्चालाई जन्म दिइन भने उनलाई करिब ६ लाख २५ हजार रुपैयाँ दिइन्छ । यदि गर्भ पहिले नै तुहियो भने उनलाई करिब ३९,००० रुपैयाँ दिएर विदा गरिन्छ । सन्तान चाहने दम्पतीहरुबाट भने अस्पतालले प्रत्येक सफल गर्भावस्थाका लागि करिब १९ लाख रुपैयाँ लिन्छ ।

नियमहरु

-सरोगेट आमा डर्मेट्रीमा बस्नु अनिवार्य छ ।
-गर्भावस्थाका बेला यौन सम्बन्धको अनुमति हुँदैन ।
-दम्पती, अस्पताल या डाक्टर कुनै पनि दुर्घटनाका लागि जिम्मेवार हुँदैनन् ।
-हप्तामा आइतबारमात्रै आमाहरुलाई पति र बच्चासँग भेटने अनुमति दिइन्छ ।
-एक महिला अधिकतम तीनपटक मात्रै सरोगेट आमा बन्न सक्छिन् ।
-बच्चा जन्मेपछि केही महिलाहरुलाई दम्पतीले बच्चाको रेखदेखको काम दिन सक्छन् ।

आइवीएफ क्लिनिक र डर्मेट्रीकी संचालिका डा। पटेल पनि कम विवादित छैनन् । उनी भन्छिन्, “मलाई सबै सहनुपर्छ, मान्छेहरु यो बच्चा उत्पादन गर्ने ब्यवसाय हो भन्छन्, यसले मलाई चोट पु¥याउँछ । ” केही व्यक्तिहरुले यहाँ सरोगेट आमाहरुको शोषण हुने बताए पनि पटेल भने यसलाई अस्वीकार गर्छिन् ।

उनी भन्छिन, “यहाँ आमाहरु शारीरिक श्रम गर्छन र त्यसका लागि उचित पारिश्रमिक उपलब्ध गराइन्छ ।” पटेलका अनुसार, सरोगेट हाउसमा रहँदा महिलाहरुलाई सिलाई-बुनाई जस्ता सीप सिकाइन्छ जस्ले गर्दा उनीहरु बाहिर गएर पनि आफ्नो जिविकोपार्जन गर्न सकुन् ।

यो पारिश्रमिक स्थानीय मापदण्डभन्दा धेरै हुन्छ । वसन्तीले पाउने पारिश्रमिक उनका पतिले पाउने २५०० रुपैयाँ प्रति महिनाको तुलनामा निकै धेरै थियो ।

नौ महिना सरोगेसी हाउसमा विताएर जन्माएको बच्चा इदनले क्यानाडाली दम्पतीलाई दिइन् ।

केही महिलाहरु पटक–पटक आमा बन्नका लागि आउँछन् तर पटेल एउटी महिलालाई तीन पटक मात्रै गर्भधारणको स्वीकृति दिन्छिन् ।

भारतमा विश्वका एक तिहाई गरिबहरु बस्छन् । गरिबीका कारण नै महिलाहरु सरोगेट आमा बन्ने गरेको आलोचकहरुको भनाई छ । डा. पटेलका अनुसार भारत सरोगेसीको ‘हब’ बनिसकेको छ । भारतमा उपलब्ध प्रविधि, अपेक्षाकृत कम लागत र कानूनको अनुकुलता यसको कारण हो ।

भारतीय कानूनका अनुसार जन्मिने सन्तानमा सरोगेट आमाको कुनै हक र जिम्मेवारी हुँदैन । पश्चिमा देशहरुमा भने जन्म दिने आमालाई नै असली आमा मानिन्छ र जन्म प्रमाणपत्रमा उसकै नाम हुन्छ ।

कठिन जीवन
तर सरोगेट आमाहरुको सामाजिक जीवन सरल भने हुँदैन । उनीहरुलाई समाजले हेयको दृष्टिले हेर्छ । सरोगेसीबाट प्राप्त रकमले नयाँ घर किनेका बसन्ती र उनका पतिलाई आफ्नो टोलभन्दा टाढा बस्न जानु पर्‍यो जहाँ उनीहरुलाई कसैले चिन्दैनथे ।
ईदनले सरोगेसी हाउसमा नौ महिना विताइन् र क्यानाडाली दम्पतीका लागि एउटा बच्चा जन्माइन् । बसन्ती भन्छिन, “तपाइँ सरोगेट आमा हुनुहुन्छ र गर्भमा टेष्टट्युब बेबी छ भन्ने थाहा पाएपछि मान्छेको हेराई नै बेग्लै हुन्छ ।” बसन्तीले अपरेशन गरेर एक बच्चालाई जन्म दिइन् । उनलाई थाहा थियो जापानी दम्पतीले एउटी प्यारी बच्चीको कामना गरेका थिए ।

जन्मको तुरुन्तैपछि त्यहाँबाट बच्चालाई हटाइयो । बसन्तीका अनुसार उनले बच्चालाई चार–पाँच सेकेन्ड मात्रै देख्न पाइन् । यो सुनाउँदै गर्दा बसन्तीका आँखा भरिए । बसन्ती अहिले आफ्नो नयाँ घरमा बस्छिन् र दुबै वच्चालाई अंग्रेजी स्कुलमा भर्ना गराएकी छन् ।

लूसी वालिस (सवै तस्वीर: बीबीसी)

जब कुनै महिला शारीरिक वा अन्य कारणले बच्चा जन्माउन असमर्थ हुन्छिन् त्यस्तो बेला ‘सरोगेसी’ का माध्यमबाट सन्तान प्राप्त गर्न सकिन्छ । बाबुको शुक्राणु र अन्य महिलाको डिम्बबीच सम्बन्ध स्थापित गरेर महिलाको गर्भमा राखिन्छ । यो परम्परागत विधि हो यसरी जन्मने सन्तानमा बाबु र सरोगेट आमाको जिन हुन्छ ।
अर्को तरिकामा (स्वस्थ भइकन पनि बच्चा जन्माउन नचाहने आमा वा डिम्ब उत‍्पादन भएर पनि जन्म दिन नसक्ने भएमा) आमाको डिम्ब र बाबुको शुक्राणु टेष्टट्युबमा राखेर भ्रुणको विकास गरी त्यसलाई सरोगेट आमाको गर्भाशयमा प्रत्यारोपित गरिन्छ । यो विधिबाट जन्मने बच्चामा आमा र बाबु दुवैको जिन हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>