समाचारबिहीबार, आश्विन १७, २०७०
नवलपरासीमा कांग्रेसका बागी
नवलपरासी–४ का कांग्रेस क्षेत्रीय सभापति गुणनिधि तिवारी र क्षेत्र नं ५ का सदस्य राधेश्याम पाठकले ‘बागी’ उमेद्वारी दिएका छन् ।
नेपाली कांग्रेसले क्षेत्र नं ४ मा जिल्ला सभापति देबेन्द्रराज कंडेल र क्षेत्र नं ५ मा बिक्रम खनाललाई आधिकारिक उम्मेदवार बनाएको छ ।
टिकट बितरणमा कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेकोले बिद्रोह गरी उम्मेद्वार बनेको गुणनिधि तिवारीले बताएका छन् ।
विद्रोही गिरी, नवलपरासी

