समाचारबिहीबार, आश्विन १७, २०७०

कुशवाह एमाओवादी छोडेर सदभावनामा

हिमालखबर

१७ असोजमा बारामा पत्रकार सम्मेलन गरी शिवचन्द्र कुशवाहले आगामी ४ मंसीरमा हुने संविधानसभा सदस्य निर्वाचनका लागि एमाओवादीले  टिकट नदिएपछि आफूले राजीनामा गरेको बताएका छन् । उनी यसअघि विगठित संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नं २ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजयी भएका थिए ।

यसपटक एमाओवादीले टिकट नदिएपछि सदभावना प्रवेश गरेका कुशवाहले सद्भावना पार्टीका तर्फबाट बारा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

सप्तरीमा घोषित उम्मेदवारले दर्ता गराएनन्
एमाओवादीले टिकट दिए पनि सप्तरीको क्षेत्र नम्बर ४ का लागि घोषित उम्मेदवार छेदी रजक विमलले उम्मेदवारी मनोनयन दर्ता गराएनन् ।

आफूले प्रत्यक्षतर्फ चुनाव नलड्ने बताए पनि पार्टीले जबर्जस्ती टिकट दिएको भन्दै एमाओवादीका छेदी रजकले उम्मेदवारी मनोनयन दर्ता गराउन अस्वीकार गरेका छन् ।

रजकले उम्मेदवारी दिन अस्वीकार गरेपछि अन्तिम समयमा एमाओवादीका तर्फबाट कलामुदिन खाँले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>