थप समाचारशुक्रबार, आश्विन १८, २०७०

थप सहायताका लागि अमेरिकासँग अनुरोध

हिमालखबर

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीसँग १८ असोजमा अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शंकरप्रसाद कोइरालाले समृद्ध मुलुकले आर्थिक अवस्था कमजोर भएका देशलाई दिने सुविधा बढाउनुपर्ने भन्दै कफी, चियाजस्ता कृषि उत्पादनको अमेरिकी बजारमा राम्रो सम्भाव्यता रहेकाले व्यापार विस्तारमा सहयोग गर्न माग गरे ।

केही दिनमै आपूm विश्व बैंकको कार्यक्रममा अमेरिका जान लागेको जानकारी गराउँदै मन्त्री कोइरालाले त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आर्थिक तथा व्यापारिक क्षेत्र विस्तारका सम्भावनाबारे अमेरिकी अधिकारीसँग छलफल गरिने बताए ।

संविधानसभा निर्वाचनपछि गठन हुने सरकारलाई उपयुक्त आर्थिक वातावरण तयार गर्न वर्तमान सरकार लागिपरेको भन्दै मन्त्री कोेइरालाले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>