थप समाचारशनिबार, आश्विन १९, २०७०

टेलिकमका विभिन्न सेवामा छुट

हिमालखबर

टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा २४ असोजदेखि १ कात्तिकसम्म ५० प्रतिशत छुट दिएको बताएका छन् ।

यस्तै कम्पनीको पिएसटिएन र सिफोन सेवाका ग्राहकलाई २०० कल निःशुल्क उपलब्ध गराइने छ ।
अन्तरदेशीय कल (अञ्चलभित्र तथा अञ्चलबाहिर) को विद्यमान महसुल दरमा १० प्रतिशत छुट प्रदान गरिएको छ । छुट पश्चात उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ ।

इनटरनेट प्रयोगकर्ताका लागि विद्यमान महसुल दर ५० पैसा प्रतिएमबीमा २० प्रतिशत छुट प्रदान गरिएको छ भने कम्पनीको नेटवर्कभित्र फोन गर्दा रु एकदेखि रु पाँचसम्म बोनस रकमसमेत छुट हुने व्यवस्था गरिएको छ । बोनस रकम हरेक दिन नै उपलब्ध हुने व्यवस्था मिलाइएको छ । बोनस रकमले कम्पनीको नेटवर्कभित्र फोन गर्न सकिने छ ।

त्यस्तै वाइम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिना अवधिको लागि खरिद गर्दा विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कबाट कम्पनीको नेटवर्कमा आउने प्रत्येक कलमा हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कल वापत प्रतिमिनेट ५० पैसा बोनस १५÷१५ दिनमा उपलब्ध गराइनेछ । एक्सेस कोड प्रयोग गरी अष्ट्रेलिया, चीन, हङकङ, भारतलगायतका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय ट्रङ्क कल गर्दासमेत कम्पनीले छुट दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>