समाचारशनिबार, आश्विन १९, २०७०

गोर्खाली सैनिकलाई मिलिटरी क्रस

हिमालखबर

रोयल गोर्खा राइफल्समा कार्यरत २८ वर्षीय कार्यवाहक लान्स कर्पोरल गुरुङले करिब ६ महिनाअघि अफगानिस्तानको लस्करगाह नजिकै चौकीमा ड्युटी गरिरहेका बेला विद्रोही तालिवानीले हमला गरेका थिए।

विद्रोहीले प्रहार गरेको ग्रिनेट हेल्मेटमा लागेका गुरुङले आफतर्फ बन्दुक ताक्दै आइरहेका तालिबानीलाई खुकुरी प्रहार गरेर लखेटेका थिए । “म मर्न चाहँदैनथे, उसले केही गर्नुभन्दा पहिले मैले नै केही गर्नुपर्छ भन्ने सोचें र खुकुरीले हान्दै अघि बढे.,” गुरुङले भनेका छन् ।

मिलिटरी क्रस बेलायतमा सेनालाई दिइने तेस्रो ठूलो सम्मान हो ।

त्यस्तै राइफलम्यान बिकास गुरुङ र कार्यवाहक सर्जेन्ट गोविन्द गुरुङको नाम पनि सैनिक सम्मान पाउने सूचीमा रहेको बीबीसीले जनाएको छ।

सम्मानित सैनिकहरुको नाम सार्वजनिक गर्दै बेलायतको स्थल सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल सर एड्रियन ब्राडशाले सैनिकहरुको सहास र ब्यवसायिकता छक्कै पार्ने खालको भएको भन्दै उनीहरुलाई आफूले सम्मान गरेको बताएका छन् ।

करिब दुई सय वर्ष देखि नेपालीहरु ब्रिटिश सेनामा भर्ती हुँदै आएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>