समाचारआइतबार, आश्विन २०, २०७०
बहुपहिचानसहितको सात प्रदेशः एमाले महासचिव
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले नेपाली भूगोलले निर्माण गरेको विशिष्टतालाई बेवास्ता गरेर संघीयता निर्माण हुनै नसक्ने दाबी गरे । संघीय राज्यहरु निर्माण गर्दा सामर्थ्य, संस्कृति र पहिचानलगायतका बहु आधारहरुको खोजी हुनु पर्नेमा पोखरेलले जोड दिए ।
पहिचानको नाममा एकल जातजातीय पहिचानका आधारमा राज्य निर्माण गरिए त्यसले मुलुकमा खतरा निम्त्याउने पोखरेलको भनाई छ ।
