समाचारआइतबार, आश्विन २०, २०७०

भयरहित वातावरण बनाउः खनाल

हिमालखबर

विराटनगरमा २० असोजमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको परिवर्तनका लागि निर्वाचन हुनैपर्ने भएकाले दल एवम् जनता बलिदान दिन तयार रहेको बताएका छन् । अध्यक्ष खनालले बारामा एमाले उम्मेदवार महमुद आलममाथि भएको गोली प्रहारको घटना कायरतापूर्ण भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।

निर्वाचन भयरहित बनाउन र उम्मेदवारका लागि कडा सुरक्षाको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरे । मुलुक निर्वाचनमा होमिइसकेको र निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले कुनै हालतमा पनि निर्वाचनको मिति नसर्ने खनालले स्पष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>