समाचारसोमबार, आश्विन २१, २०७०

नेपाली सेनालाई भारतले हतियार सहयोग पठाउदै

हिमालखबर

भारतीय सैन्य सहयोग स्वरुप इन्सास राइफल, राती हेर्न सजिलो हुने चश्मा लगायतका सामाग्री छि‍ट्टै नेपाल आउने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले बताएका छन्। हालै नेपाली र भारतीय सुरक्षा अधिकारी सहभागी द्वीपक्षीय वार्तामा भएको सहमति अनुसार भारतबाट सैन्य सहयोग आउन लागेको प्रवक्ता पोखरेलको भनाइ छ।

केही महिनाअघि नेपाली र भारतीय अधिकारीहरुबीच द्वीपक्षीय वार्तामा भएको सहमति अनुसार उक्त सहयोग मंसीर ४ गतेका लागि निर्धारित चुनाव अगावै पठाउने आश्वासन भारतले दिएको पोखरेलले बताए। पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला सन् २००५मा भारतले राष्ट्रिय अन्तराष्ट्रिय दबाबका माझ नेपाली सेनालाई दिदै आएको हतियार सहयोग रोकिदिएको थियो।

हालै भएको नेपाल भारत संयुक्त सुरक्षा संयन्त्रको वैठकमा भएको सहमति अनुसार भारतले नेपाली सेनालाई इन्सास राइफल, गोलिगठ्ठा लगायतका हतियार र सैन्य सामाग्री पठाउन लागेको पोखरेलले बीबीसीलाई बताए।

“सेनाले प्रयोग गर्ने इन्सास राइफल, गोलिगठ्ठा नाइट भिजन अप्टिकल्स् यस्तै यस्तै सहयोग आउने भएको छ।”
पोखरेलले भारतीय सैन्य सहयोगको परिमाण खुलाएनन् तर सो सहयोग मंसिर ४ गतेको चुनाव अगावै आउने बताए।

लामो समयदेखि हतियार सहयोग रोकिंदा नेपाली सेनाका हतियार पुराना भएका खबरकामाझ भारतबाट हतियार सहयोग पुन: शुरु हुने संकेत मिलेको हो। मंसिर ४ गतेको चुनावको सुरक्षाको निम्ति हजारौं प्रहरी संगै ६० हजार भन्दा बढी सेना खटिने बताइएको छ।

९६ हजारको संख्यामा रहेका नेपाली सेनाले भारतमा निर्मित इन्सासका अतिरिक्त एसएलआर, अमेरिकामा बनेका एम-१६ र इजरेलमा बनेका गलील राइफल प्रयोग गर्दै आएको छ। इन्सास राइफल सशस्त्र प्रहरी बलले पनि प्रयोग गर्दै आएको छ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>