थप समाचारमंगलबार, आश्विन २२, २०७०

विदेश गएका लमजुङका दुईजनाको मृत्यु

हिमालखबर

दैनिक १५०० भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

लमजुङको भुजुङ–३ का ५२ बर्षीय रामबहादुर गुरुङको साउदी अरबमा नुहाउने कोठामा चिप्लिएर ज्यान गएको छ भने लमजुङ मालिङ–५ का ४२ वर्षीय भजेन्द्रप्रसाद गुरुङको दुबईमा कारको ठक्करबाट मृत्यु भएको छ ।

विहीवार साँझ चिप्लिएर गम्भीर घाईते भएका रामबहादुरलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारका क्रममा स्थानीय अस्पतालमा शुक्रवार मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ । शवलाई स्थानीय अस्पतालमै राखिएको साउदीमा रहेका भुजुङका गोबद्र्धन गुरुङले वताए । उनी १७ वर्षदेखि साउदी अरबमा कार्यरत थिए ।

१७ बर्षअघि कुन मेनपावरबाट गएको भन्ने थाह हुन नसकेका कारण अहिले शव ल्याउन समस्या परेको रामबहादुरका पारिवारजनले जनाएका छन् । उनीहरुले शवलाई नेपाल ल्याउन सहयोग गरिदिन साउदीस्थित नेपाली दूतावास र विभिन्न संघसंस्थालाई अनुरोध गरेका छन् ।

त्यस्तै दुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम म्यानुफ्याक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्रप्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ सम्पर्क समिति युएईका बरिष्ठ सल्लाहकार भीम गुरुङले जानकारी दिएकाछन् ।

गत शुक्रवार विहान जजिरा पोर्टमा गएर फर्कने क्रममा साईकलामा सवार बाजेन्द्रलाई मजन राउन्डबोटमा कारले ठक्कर दिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा भजेन्द्रको आईतबार विहान ७ ज्यान गएको भीमले बताए ।
उनी विगत पाँच वर्षदेखि दुबईमा कार्यरत थिए ।
युवराज श्रेष्ठ,लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>