थप समाचारमंगलबार, आश्विन २२, २०७०

प्रेमचन्द्रको पौरख

हिमालखबर

डेढवर्षअघि आफुसँग भएको तीन लाख रुपैंयाँले दुईवटा गाई पालेर दुधको व्यापार शुरु गरेका पर्साको हरपतगञ्जका प्रेमचन्द यादवसँग अहिले ३५ वटा उन्नत जातका गाई छन् । वीरगञ्जको अशोकवाटिकामा श्री कृष्ण गौतम ट्रेडर्स मार्फत दुग्ध ब्यवसाय थालेका यादवले मासिक ५० हजार मुनाफा गरिरहेको बताउँछन् । बाच्छा–बाच्छी, गोबर मल विक्रीबाट हुने थप आम्दानी त छँदैछ ।

दैनिक डेढ क्विण्टल दुध उत्पादन गर्ने एसएलसी उत्तिर्ण यादव आफ्नो पेशाबाट सुखी र खुशी देखिन्छन् । विदेश गएर दुख पाईरहेका आफ्ना साथीभाईलाई फर्कन फोनमा आग्रह गरिरहेका यादवले भने, “छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सकेको छु, दुईचार जनालाई रोजगार दिएको छु, यो भन्दा अरु के चाहियो र !”

अहिले पब्लिक डेभलेपमेण्ट बैंकबाट १५ लाख रुपैयाँ कर्जा लिएर उद्योग बिस्तार गरेका यादवले कर्जा सजिलै तिर्न सकिने बताए । उनले आफ्नो उद्योगमा रहेका गाईको पशुधन बीमा समेत गराएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>