समाचारमंगलबार, आश्विन २२, २०७०
राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक
गणतन्त्र, संघीयताको मार्गचित्र असफल भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक राजसंस्था राष्ट्रप्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने शासकीय स्वरुप घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए ।
२२ असोजमा काठमाडौंमासार्वजनिक गरिएको घोषणापत्रमा राप्रपा नेपालले सभासद् नभएपनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्ने जनाएको छ । त्यसैगरी तल्लो र माथिल्लो गरी दुइ सदनात्मक व्यवस्थापिकाको पकिल्पना गरेको राप्रपा नेपालले माथिल्लो सदनमा प्रत्यक्ष र समाुपनतिक गरी २ सय ७ र तल्लो सदन ६० सदस्यीय व्यवस्था गर्ने जनाएको छ ।
घोषणापत्रमा १० वर्षमा दोहोरा अंकमा आर्थिक वृद्धि गर्ने, पा“च वर्षमा लोडसेडिङको दीर्घकालीन समाधान गर्ने, उच्चस्तरीय सम्पति छानवीन आयोग गठन गरी अवैध सम्पति जफत गर्ने जस्ता महत्वकांक्षी योजनाहरु घोषणा पत्रका उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष थापाले विगतमा गलत नीति र पद्धतिका कारण संविधान बन्न नसकेकाले आगामी निर्वाचनमा जनताले बिगतलाई नदोहोर्याउने दावीसमेत गरे ।
कार्यक्रममा अध्यक्ष थापाले राजादेखि माओवादीसम्म अटाउने सक्ने शासकीयस्वरुप हुने व्यवस्था गरिने बताए ।
नेपाल बन्दजस्तो आन्दोलनको कार्यक्रम कहिले पनि नराख्ने प्रतिवद्धता घोषणा पत्रमा गरिएको छ।
