थप समाचारबुधबार, आश्विन २३, २०७०

पौडेलका बागीको चुनाव जित्ने दाबी

हिमालखबर

तनहुँ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका तरुण दल सदस्य पूर्णबहादुर गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उपसभापति पौडेललाई हराएर आफू उक्त क्षेत्रबाट विजयी हुने गुरुङको दाबी छ ।

संविधान सभामा युवा सहभागिता बढाउन माग गर्दै आएका गुरुङले पार्टीले पुराना पुस्तालाई सम्मान गर्दै नयाँलाई स्थान दिनुपर्नेमा त्यसो नभएकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङले पार्टीको नियमअनुसार आफूलाई कारबाही भए त्यो स्वीकार्य हुने समेत बताए । उम्मेदवारी फिर्ताका लागि नेताहरुबाट चर्को दबाब आए पनि आफूले कार्यकर्ताको चाहना अनुसार उम्मेदवारी दिएकाले फिर्ता नलिने उनको भनाई छ ।

यता कांग्रेस केन्द्रीय नेतृत्वले भने गुरुङको उम्मेदवारी फिर्ता गराउन कोशिस गरिरहेको छ । सभापति सुशील कोईराला, उपसभापति पौडेल तथा अन्य नेताहरुले उनलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइरहेका छन् ।

गुरुङ पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्का निकट मानिन्छन् ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>