थप समाचारबुधबार, आश्विन २३, २०७०

आधा किलो भन्दा बढी सुनसहित पक्राउ

हिमालखबर

भेरी अञ्चल प्रहरी कार्यालयको टोलीले देउडाकला—४, बर्दियाका बिहारीलाल थारू (३६) लाई कालिका– ५ बाट २१ असोजमा पक्राउ गरेपछि २२ असोजमा सार्वजनिक गरेको हो । उनीसँगबाट ६८५.८ ग्रामको सुनको ढिक्का बरामद भएको प्रहरीले जनाएको छ ।

३३ लाख ३९ हजार ६२९ रूपैयाँ बजार मूल्यको सुन प्रहरीले बर्दिया भन्सार कार्यालयमा बझुाएको छ । थारूले कण्ठपुर नाकाबाट भारत निकासी गर्न लागेको उक्त सुन माछागढका रामबहादुर शाहीले दशैं खर्च दिने आश्वासन दिएर आफूलाई भरिया बनाइ पुर्‍याउन लगाएको बयान दिएका छन् ।

तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>