समाचारबिहीबार, आश्विन २४, २०७०

लिबियाका प्रधानमन्त्री अपहरण मुक्त

हिमालखबर

२४ असोजमा राजधानी त्रिपोलीबाट सशस्त्र समूहले नियन्त्रणमा लिएका लिबियाका प्रधानमन्त्री अली जेदान केही घण्टापछि अपहरणमुक्त भएका छन् ।

जेदानको अपहरणलाई लिबियामा कर्णेल मोउम्मर गद्दाफीको शासनको अन्त्यपछिको सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा लिइएको छ ।

कब्जाबाट मुक्त भएपछि बोल्दै प्रधानमन्त्री जेदानले यो घटनामा शान्ति र बुद्धिमानीले काम गर्नु पर्ने बताए । उनले आफूलाई ूवास्तविक क्रान्तिकारीहरुले उद्दार गरेका बताएका थिए।
जेदान अपहरणमुक्त भएपछि आयोजित मन्त्रिपरिषदको बैठक लिबियाको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। बैठकमा उनले आफूलाई मुक्त गर्न सघाउनेहरु धन्यवाद दिए तर, अपहरणकारीहरुका बारे भने कुनै विवरण दिएनन्।

सरकारी प्रवक्ताले प्रधानमन्त्रीको अपहरण र मुक्तिका बारे थप विवरण पछि दिइने बताएका छन्।
प्रधानमन्त्रीकै अपहरण भएको जानकारी लिबियाली सरकारी वेबसाइटले नै दिएपछि उक्त समाचार विश्वव्यापी बनेको थियो ।

प्रधानमन्त्री अलीले अग्रवादीविरुद्धको कारबाहीमा सघाउन पश्चिमी देशहरूलाई आह्वान गरेको केही दुई दिनमै उक्त अपहरण भएको हो ।

सरकारद्वारा प्रकाशित विज्ञप्तिमा पनि प्रधानमन्त्रीलाई अज्ञात समूहले अपरहण गरेका र त्यसको कारण खुल्न नसकेको जनाइएको छ ।
एएफपी

———————————————————————————————————————————————————

लिबियाका प्रधानमन्त्रीको अपहरण

लिवियाको सरकारी वेबसाइटले जनाए अनुसार त्यहाँका प्रधानमंत्री अली ज़ेदानलाई केही बन्दुकधारीले नियन्त्रणमा लिएका छन् ।

हिमालखबर

बिहीबार , २४ असोज २०७० १२:५६ पम

राजधानी त्रिपोलीस्थित प्रधानमन्त्री अली जेदान बस्ने गरेको होटेलबाट उनलाई बन्दुकधारीहरुले नियन्त्रणमा लिई अज्ञातस्थलतर्फ लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी वेबसाईटमा प्रधानमन्त्री जेदानलाई बन्दुकधारीले नियन्त्रणमा लिएको उल्लेख गरिए पनि यससम्बन्ध थप जानकारी दिइएको छैन ।

संयुक्त अरब इमिरेट्सको टेलिभिजनले लिवियाका सुरक्षाकर्मीलाई उद्धृत गर्दै प्रधानमन्त्री जेदानलाई बन्दुकधारीहरुले राजधानी त्रिपोलीस्थित उनी बस्ने गरेको होटेलबाट अपहरण गरेको जनाएको छ ।

प्रधानमन्त्रीको ‘मिडिया अफिस’ ले चरमपन्थीहरुले प्रधानमन्त्रीलाई अपहरण गरेको बताएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार अली जेदानलाई उग्रवादीहरुको एण्टी क्राइम विभागद्वारा नियन्त्रणमा लिइएको बताइएको छ ।

दुई दिनअघि मात्रै अली जेदानले पश्चिमी मुलुकहरुसँग उग्रवादीविरुद्धको कारवाहीका लागि सहयोगको आह्वान गरेका थिए ।
मुअम्मर गद्दाफीविरुद्ध दुई वर्ष चलेको आन्दोलनपछि लिबिया सरकार इस्लामिक चरमपन्थी र पृथकतावादी समूहहरुविरुद्ध संघर्षरत छ ।

केही दिनअघि लिबियाबाटै अमेरिकी सुरक्षा निकाय एफबिआईले तालिबानी नेता अनस अल लीबीलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>