समाचारबिहीबार, आश्विन २४, २०७०
बहुदलीय मान्यता ध्वस्त पारेर चुनावमा जान सकेनौं: वैद्य
दाङको लमहीमा २४ असोजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले ४ मंसिरमा हुन लागेको चुनाव बहुदलीय मान्यता विपरीत भएकाले आफूहरूले बहिस्कार गर्नुपरेको बताए । उनले निर्वाचनका पक्षधर र विपक्षीबीच खुल्ला मैदानमा जम्काभेट हुने दाबी समेत गरे । आफूहरू निर्वाचन विपक्षमा नरहेको दोहो¥याउन समेत उनले विर्सेनन् ।
कार्यक्रममा वैद्यले युद्धको ठूलो हिस्सालाई बाहिर पाखा लगाएर चुनाव हुन नसक्ने र भईहाले पनि जनताको संविधान नबन्ने धारणा राखे । बैठकमा उपाध्यक्ष सिपी गजुरेल, महाचिव राम बहादुर थापा, सचिव नेत्रविक्रम चन्द, कुलप्रसाद केसीलगायत उपस्थित थिए ।
देविका घर्ती मगर, दाङ
