समाचारशुक्रबार, आश्विन २५, २०७०

क्यानाडाकी एलीस मुनरोलाई साहित्यको नोबेल

हिमालखबर

मानवीय सम्बन्धका कमजोरीहरुमा आधारित लघु कथाहरु लेख्ने क्यानाडेली लेखिका एलीस मुनरोले सन् २०१४ को साहित्यतर्फको नोबेल पुरस्कार पाएकी छन् । यो पुरस्कार पाउने एलीस १३ औं महिला हुन् ।

स्वीडिश एकेडेमीले ८२ वर्षीया लेखिका एलीसलाई समकालीन लघु कथाको ‘मास्टर’ भनेको छ । उनका कथाहरुमा साना शहरको जीवन र समाजमा अस्तित्व स्थापित गराउन खोज्दा सम्बन्धहरुमा हुने तनाव र नैतिक विवाद बारे लेखिएको छ ।

सन् १९०१ में शुरू भएको नोबेल साहित्य पुरस्कारबाट सम्मानित हुने एलीस १३औं महिला हुन् भने यो प्रतिष्ठित सम्मान पाउने पहिलो क्यानाडेली नागरिक हुन् ।

एलीसलाई १० डिसेम्बरमा स्टकहोममा एक औपचारिक समारोहमा १२.४ डलर राशि र पुरस्कार प्रदान गरिने छ ।

उनका कथाहरु ग्रामीण तथा सामान्य सहरी जीवनमा विद्यमान वातावरण र मानवले जीउनका लागि गर्ने सङ्घर्षका साथै मानसिक विद्रोहमा केन्द्रित हुने गर्दछन् ।

मुनरोका यसअघि ‘हु डु यु थिङ यु आर,’ ‘द मुन्स अफ जुपिटर,’ ‘रनवे,’ ‘द भ्यु फ्रम क्यासल रक,’ र ‘टु मच ह्यापिनेस’ जस्ता कृतिहरु चर्चित छन् ।
एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>