समाचारशुक्रबार, आश्विन २५, २०७०
दशैं– आज फूलपाती
सप्तमीका दिन उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपातीका रुपमा भित्राइन्छ । यसरी भित्र्याइएको फूलपाती साँझपख दशैंघर वा पूजा कोठामा दुर्गा भवानीको प्रतिमासँगै राखिन्छ ।
हनुमान ढोका दरबारमा पनि फूलपाती भित्र्याउने परम्परा अनुसार गोरखाबाट ल्याइएको फूलपाती हर्षबढाइँका साथ भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौँको जमलसम्म ६ जना ब्राम्हणले फूलपाती ल्याएउने चलन छ ।
घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भए पनि दशैँंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि शुरु हुन्छ ।
बडा दसैंको दोस्रो दिन फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरू मूलघरमा दुर्गा भवानीको टीका थाप्न जाने क्रम आजदेखि शुरु हुन्छ ।
