थप समाचारशुक्रबार, आश्विन २५, २०७०

नोबेल शान्ति पुरस्कार ओपीसीडब्ल्यूलाई

हिमालखबर

विश्वमा रासायनिक हतियार नष्ट गर्ने र रोकथामका लागि कार्यरत संस्था ओपीसीडब्ल्यू (अर्गनाइज़ेशन फर प्रोहिबिशन अफ़ केमिकल वेपन्स) ले यसवर्षको नोबेल शान्ति पुरस्कार पाएको छ ।

सीरियामा रासायनिक हतियार नष्ट गर्ने कार्य गरिरहेको यो संस्थालाई नोबेल शान्ति समितिले ‘विशिष्ट’ काम गरिरहेको भनेको छ ।

यस वर्षको शान्ति पुरस्कार पाकिस्तानमा महिलाहरुको शिक्षाका लागि अभियान चलाएकी १६ वर्षीया किशोरी मलाला यूसुफ़ज़ईले पाउन सक्ने अनुमान गरिएको थियो । यद्दपी केही दिनअघि उनले आफूले नोबेल पुरस्कार पाउनका लागि अझै धेरै गर्न बाँकी रहेको बताएकी थिइन् ।

मलालासाथै बलात्कृत भएका महिलाहरुको सहयोगका लागि अभियान सञ्चालन गर्ने कंगोका डाक्टर डेनिस मुकवेगे ले पनि यो पुरस्कार पाउन सक्ने अनुमान गरिएको थियो ।

तर यो दौडमा ओपीसीडब्ल्यूले सबैलाई पछि पार्दै स्वर्ण पदक र साढ़े १२ लाख लाख डलरको नोबेल शान्ति पुरस्कार पाउने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>