समाचारआइतबार, आश्विन २७, २०७०

दशैंका बेला शरणार्थीको विजोग

हिमालखबर

लामो प्रक्रिया पूरा गरेपछि अमेरिकामा पुनर्वासका लागि झापा र मोरङबाट हिंडेका भुटानी शरर्णार्थीहरुलाई आइओएमले अमेरिका तत्कालै लैजान नसकिने भन्दै फेरि शिविरमै फिर्ता गरेको छ ।

अमेरिका जाने भनिएपछि आफूसँग भएको जति जेथा अरुलाई बेचेर दिएर हिँडेका शरणार्थीहरुको छाप्रो समेत बाँकी छैन । दशैंका बेला उनीहरु आफन्तकहाँ शरणलिन बाध्य छन् ।

आइओएमले शिबिर फर्काइएका ती शरर्णार्थीलाई राहत सामग्रीको नाममा अन्नमात्र दिइएको छ ।

शरणार्थीहरुलाई एक हप्ताअघि अमेरिका जाने भन्दै हवाईमार्गबाट काठमाडौं ल्याइएको थियो ।  अमेरिका लैजान नसक्नुको कारण आइओएमले बताएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>