समाचारसोमबार, आश्विन २८, २०७०

आज दशैं हर्षोल्लासका साथ मनाइँदै

हिमालखबर

बडा दशैं आज मुलुकभर र मुलुकबाहिर रहेका नेपालीहरुले धुमधामका साथ मनाइरहेका छन् । टीकाको साइत बिहान ९ बजेर ५७ मिनेट भए पनि दिनभर नै टीका ग्रहण सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा टीकाका दिन जुट्ने गर्दछन् ।

आजका दिन मान्यजनबाट आशिर्वचनका साथ देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने अर्थात शुभसाइत पखर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्यायक समितिले जनाएको छ ।

आ–आफ्ना घरमा विधिपूर्वक राखिएका जमरा विसर्जन गरेपश्चात पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा दशमीका दिन विसर्जन गरेपछि पूर्णिमाका दिनसम्म दशैँको टीका लगाउने प्रचलन छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>