थप समाचारसोमबार, आश्विन २८, २०७०
‘परिवारसँगै खुशी’ (हिमाल सर्वेक्षण)
मानिसलाई खुशी र दुःखी तुल्याउन कारण चाहिन्छ । मनपरेको काम र इच्छा पूरा गर्न पाउँदा खुशीको ग्राफ उकालो चढ्न थाल्छ । ‘खुशीको स्रोत के ?’ हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणले ‘परिवार सुख’ लाई खुशीको कारण देखायो । एक जनालाई तीन वटासम्म उत्तर छान्ने गरी सोधिएको प्रश्नमा अधिकांशले पारिवारिक सन्तुष्टिलाई नै खुशीको स्रोत माने । ‘तपाईंलाई सबैभन्दा खुशी के ले तुल्याउँछ ?’ भनेर सोधिएको प्रश्नमा सहभागी ४४.७ प्रतिशतले ‘परिवारसँगै बस्दा’ खुशी हुने बताए ।
४०.१ प्रतिशतले ‘साथीभाइसँग घुम्दा’ तथा३४.७ प्रतिशतले ‘परिवारसँग घुम्न जाँदा’ खुशी मिल्ने बताए । २५.५ प्रतिशतले ‘छोराछोरीसँग खेल्दा’, २२.३ प्रतिशतले ‘श्रीमान् श्रीमती बसेर गफिंदा’ सबैभन्दा खुशी मिल्ने उत्तर दिए ।
२१.२ प्रतिशतले ‘टीभी हेर्दा’, १८.६ प्रतिशतले ‘अरूलाई सहयोग गर्दा’ र ‘पूजापाठ–ध्यान–धर्मकर्म गर्दा’, १४.६ प्रतिशतले ‘पुस्तक पढ्न पाउँदा’, १५.८ प्रतिशतले ‘सिनेमा हेर्न जाँदा’ तथा ८ प्रतिशतले ‘मर्निङ वाक् जाँदा’ खुशी मिल्ने बताए ।
६.९ प्रतिशतलाई ‘अफिसमा काम गर्दा’, ६.६ प्रतिशतलाई ‘प्रेमी प्रेमिका भेट्दा’, ३.२ प्रतिशतलाई ‘यौनसम्पर्क राख्न पाउँदा’ खुशी मिल्ने भेटियो ।
उमेर अनुसार खुशीको स्रोत फरक हुने अध्ययनले देखाएको छ । ६० वर्ष वा सोभन्दा माथिका ६१.७ प्रतिशतलाई ‘पूजापाठ, ध्यान र धर्म कर्म गर्दा’ र ५९.६ प्रतिशतलाई परिवारसँग बस्दा खुशी मिल्ने भेटियो ।
१८–२४ उमेर समूहका ६७.१ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ तथा ४५.६ प्रतिशतलाई ‘सिनेमा हेर्दा’ खुशी मिल्ने गरेको भेटियो ।
२५–३९ उमेर समूहका मध्ये ४५.८ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ तथा ३५.९ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ खुशी मिलेको भेटियो । ४०–५९ उमेर समूहका मध्ये ५७.६ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ तथा ४०.२ प्रतिशतलाई ‘छोराछोरीसँग खेल्दा’ खुशी मिलेको भेटियो ।
स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ३८.७ प्रतिशतले ‘परिवारसँग घुम्न जाँदा’, ३५।५ प्रतिशतले ‘छोराछोरीसँग खेल्दा’ तथा ३२.३ प्रतिशतले ‘पुस्तक पढ्न पाउँदा’ खुशी मिल्ने उत्तर दिए ।
महिलामध्ये सबैभन्दा धेरै ४८.१ प्रतिशतलाई ‘परिवारसँगै बस्दा’ तथा पुरुषमध्ये सबैभन्दा धेरै ४८.४ प्रतिशतलाई ‘साथीभाइसँग घुम्दा’ खुशी मिल्ने गरेको भेटियो ।
‘बेखुशी भएको वेला खुशी हुन के गर्नुहुन्छ ?’ भनेर एक जनालाई तीन वटासम्म उत्तर छान्न दिएर सोधिएको प्रश्नमा सबैभन्दा धेरैले ‘एकान्तमा बस्न रुचाउँछु’ भन्ने उत्तर दिए । त्यसपछि ‘गीतसंगीत सुन्छु’ र साथीभाइ भेट्छु भन्नेको संख्या धेरै छ ।
स–साना घटनाका कारण खुशी र दुःख छिटोछिटो परिवर्तन भइरहने भए पनि खास घटनाको खुशी लामो समय सम्झ्नायोग्य हुन्छ । ‘तपाईं आफ्नो जीवनमा कहिले सबैभन्दा धेरै खुशी हुनुभएको थियो ?’ भनेर सोधिएको प्रश्नमा ५२.१ प्रतिशतले ‘छोराछोरी जन्मँदा’ तथा ५१.६ प्रतिशतले ‘परीक्षामा उत्तीर्ण हुँदा’ भन्ने
जवाफ दिए ।३९.३ प्रतिशतले घरजग्गा गाडी किन्दा’, ३३.२ प्रतिशतले ‘जागीर पाउँदा’, ३०.७ प्रतिशतले ‘विवाह हुँदा’ तथा २४.६ प्रतिशतले ‘बाजीरखेल जित्दा’ सबैभन्दा धेरै खुशी भएको उत्तर दिए ।
१८.१प्रतिशतले ‘प्रेमीरप्रेमिका पाउँदा’ सबैभन्दा धेरै खुशी भएको बताए ।
