समाचारबुधबार, आश्विन ३०, २०७०
आज बकर इद मनाइँदै
रमजानको ठीक दुई महिना दश दिनमा मनाइने यो पर्वलाई मुस्लिम समुदायले तीर्थाटन र बलिदानको रुपमा मनाउने गर्छन्।
एक आपसमा शुभकामना तथा आर्शिवाद आदान प्रदान गरी तीन दिनसम्म मनाइने यो पर्वसँगै नयां बर्ष हिजरी संवत् १४३२ पनि शुरु भएको छ।
बकर इदमा भेडा, खसी लगायतका जनावरको वलि दिई आपसमा खुसी बांड्दै रमाइलो गरी मनाउने गरिन्छ ।
बलि दिएपछि पुल सेराद अर्थात स्वर्ग जाने बाटो खुल्छ भन्ने जनविश्वास छ।
बकर इदको दुई दिन अगाडि पवित्र धार्मिकस्थल मक्कादेखि पाँच किलोमिटर पूर्वको मीना मैदानमा लाखौं मुसलमान भेला भएर इद अल अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी मनाउने गर्दछन्।
राजधानी काठमाडौं लगायत देशमा विभिन्न भागमा रहेका इदगाहमा भेला भई नेपाली इश्लाम धर्माबलम्बीहरुले यो चाड मनाइरहेका छन्। उनीहरुले मुलुकमा शान्ति छाओस भन्ने कामनाका साथ कुर्बानी दिएर पर्व मनाइरहेको बताएका छन् ।
