समाचारबुधबार, आश्विन ३०, २०७०

कांग्रेसको निर्वाचन सामाग्री एमाओवादीले लुट्यो

हिमालखबर

चुनाव प्रचारप्रसारका लागि रुकुमको सिम्ली र गरायला लैजाँदै गरेको नेपाली कांग्रेस रुकुमको प्रचार सामग्री ३० असोजमा छिवाङ्गबाट एमाओवादी कार्यकर्ताले लुटेका छन ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोरख चन्दको नेतृत्वको टोलीसँग रहेको २०० थान टिसर्ट, १० थान माईक, अपील पर्चा र घोषणापत्र लगायतका प्रचार सामाग्री गरायलातर्फ लैजाँदै गर्दा एमाओवादी कार्यकर्ताहरुले लुटेका हुन् । एमाओवादी राज्य समिति सदस्य गणेश चिन्तनको नेतृत्वमा आएको समूहले छिवाङ्ग चौताराबाट उक्त सामाग्री लुटेको कांग्रेस रुकुमले जनाएको छ ।

रुकुमको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसकातर्फबाट गोपालजी जङ्ग शाह उम्मेद्वार छन् ।

मंगलबार मात्रै सोही स्थानमा भएको नेपाली कांग्रेसको आमसभामा वाईसिएल वडा कमिटी अध्यक्ष लगायत दुई दर्जन युवाहरु एमाओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

रुकुमको २ नम्बर क्षेत्रमा कांग्रेसको प्रभाव विस्तार हुँदै गएपछि अत्तालिएका एमाओवादीले लुटपाट गर्न थालेको कांग्रेस रुकुमले जनाएको छ ।

करिव एक महिनाअघि सोही स्थानमा गोपालजी जंग शाहका सुरक्षा गार्डको हतियार एमाओवादी कार्यकर्ताले खोसेका थिए भने, गत १२ जेठमा कांग्रेस नेता गगन थापा आमसभा सम्पन्न गरी फर्कदै गर्दा उनी चढेको गाडीमा ढुँगा प्रहार समेत भएको थियो ।
लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>