थप समाचारबुधबार, आश्विन ३०, २०७०
लाओसमा हवाई दुर्घटना, ४४ को मृत्यु
लाओसको राजधानी भियन्टाइनबाट पर्यटकीय शहर पेक्सका लागि उडेको लाओ एअरलाईन्सको प्लेन दुर्घटनाग्रस्त भई मेकॉन्ग नदीमा खस्दा त्यसमा सवार सबै ४४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
थाईल्याण्डको विदेशमन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले ४ जना थाई नागरिक पनि उक्त दुर्घटनामा मारिएको जनाएको छ । त्यस्तै उक्त दुर्घटनामा ३ जना दक्षिण कोरियाली नागरिक मारिएको बैंककस्थित कोरियाली दूतावासले जनाएको छ ।
फ्रान्समा निर्मित एटिआर कम्पनीको हवाइजहाज पेक्स विमानस्थलमा ओर्लनुअघि खराब मौसमका कारण दुर्घटनामा परेको हुन सक्ने बैंककस्थित सञ्चारमाध्महरुले जनाएका छन् ।
