थप समाचारबुधबार, आश्विन ३०, २०७०
हुम्लावासीले फर्सि खाएर दशैं मनाए
प्रत्येक वर्ष तिब्बतको ताक्लाकोटबाट पाँच हजारको हाराहारीमा भेँडाच्याङ्ग्रा ल्याउने गरिएकोमा यसपटक त्यस्तो हुन नसकेपछि हुम्ली जनताले भेँडाच्याङ्ग्राको सट्टा स्याउ, आलु र फर्सीको बलि चढाएर दसैँ मनाएका छन् ।
तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि स्थानीय खसी बोकाको मूल्य अत्यधिक बढेपछि सर्वसाधारणको दशैं फर्सिमै सीमित भएको हो । यस पटकको दशैंमा व्यापारीहरूले ३० किलो तौलको खसीको मूल्य १८ हजारभन्दा बढी तोकेका थिए ।
ब्रोइलर कुखुराको मूल्यसमेत प्रतिकेजी रु. ५५० भन्दा बढी रहँदा आलु, स्याउ र फर्सिको बलि चढाउन परेको स्थानीय वृद्ध पाते राउतले बताए ।
