समाचारबिहीबार, आश्विन ३१, २०७०

फोरम लोकतान्त्रिकका उम्मेदवारमाथि आक्रमण

हिमालखबर

बकरिदका अवसरमा सिरहा बलकवा–४ मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ । आक्रमणबाट उम्मेदवार सिंहले चढेको बा८च १७९२ र कार्यकर्ता चढेको बा३च ८८३७ नम्बरको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पूर्वराज्यमन्त्रीसमेत रहेका सिंह र फोरम लोकतान्त्रिकबाटै क्षेत्र नं ५ का उम्मेदवार रहेका जाबेदको घरमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

३० असोज राति ८ बजेदेखि एक घन्टासम्म जाबेदका घरमा ढुङ्गामुढा गरेर आफूलाई मार्न खोजिएको उम्मेदवार सिंहले दाबी गरेका छन् ।

“शुभकामना आदानप्रदान गर्न बलकवा जाँदा गोलबजार प्रहरीलाई जानकारी गराएको थिएँ”, उम्मेदवार सिंहले भने, “तर पनि सुरक्षाकर्मीले गम्भीर रुपमा लिएनन्, आक्रमण भएका बेला पनि एसपीलाई फोन गर्दा अहिले राति भएकाले सुरक्षा दिन नसक्ने प्रतिक्रिया दिनुभयो ।”

नेपाली काँग्रेस क्षेत्र नं ५ को सभापति पद त्यागेर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका चन्द्रदेव यादव पनि आक्रमण भएका बेला उम्मेदवार सिंहसँगै हुनुहुन्थ्यो । चन्द्रदेवले भने, “म काँग्रेस छाडेर फोरम लोकतान्त्रिकमा गएपछि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । ”

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आक्रमणबारे थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले भने, “रातिको समय भएकाले सुरक्षा दिन अप्ठ्यारो भयो, घटनाबारे अनुसन्धान हुँदैछ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>