थप समाचारबिहीबार, आश्विन ३१, २०७०
तनहुँमा ४६४ म्यादी प्रहरीले हाजिर गरे
जिल्ला प्रहरी कार्यालय कास्की र गोरखाबाट छनोट प्रक्रिया पूरा गरेका म्यादी (दुई महिनाका लागि करारमा) प्रहरीहरुले ३१ असोजमा जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर भएका छन् ।
गोरखाबाट छनोट भएका २ सय ९७ र कास्कीबाट छनोट भएका १ सय ६७ जवानमध्ये ६३ जना महिला छन् । आजबाट हाजिर गरेका उनीहरुले ४ कात्तिकबाट तालिम लिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरुलाई जिप्रका, ईप्रका बेलचौतारा, आँबुखैरेनी र भानुमा तालिम दिइने प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । १४ दिन तालिम दिएपछि चुनावी प्रशिक्षण दिई कार्यक्षेत्रमा खटाईने जोशीले जानकारी दिए ।
म्यादी प्रहरीले नेपाल प्रहरीको नियन्त्रणमा रही निर्वाचन सामाग्री ओसारपसार र मतदान केन्द्रको सुरक्षा प्रबन्ध मिलाउनेछन् ।
पवन पौडेल, तनहुँ
