समाचारबिहीबार, आश्विन ३१, २०७०
दुइतिहाई मत ल्याउने कोइरालाको दाबी
३१ असोजमा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसस सभापति सुशील कोइरालाले परिवर्तनलाई संस्थागत गर्न र मुलुकलाई संविधान दिन जनताले कांग्रेसलाई बहुमत दिने दाबी गरेका छन् ।
जनता जागरुक भएकोले कसैको आतंक र धम्कीले नडराउने भन्दै उनले निर्वाचन बहिस्कारको प्रयास कसैले नगर्न चेतावनी दिए । उनले भने, “निर्वाचन विथोल्न खोज्नेहरु आफै समाप्त हुनेछन् । ”
चुनावमा लोकतान्त्रिक शक्तिसँग स्थानीयस्तरमा तालमेलको प्रयास भए पनि अहिलेसम्म कसैसँग तालमेल नभएको कोइरालाले जानकारी दिए ।
लोकतन्त्रका मूल्य मान्यता र मुलुकको विकास निर्माणमा पार्टीको घोषणपत्र केन्द्रित हुने बताउँदै कोईरालाले आफू राजधानी गएर घोषणापत्र सार्वजनिक गर्ने बताए ।
एमाओवादीले रुकुम र बर्दियामा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरी प्रचार सामाग्री लुटेको घटनाले कांग्रेस गम्भीर भएको भन्दै कोईरालाले यसबारेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने बताए । “अन्य राजनीतिक दलमाथि पुनः यस्ता हर्कत नदोहो¥याउन एकीकृत माओवादीलाई चेतावनी दिन्छु,” कोइारालाले भने ।
