समाचारबिहीबार, आश्विन ३१, २०७०

त्रिशुलीमा हराइरहेकाको क्रेनबाट खोजी गरिंदै

हिमालखबर

अहिलेसम्मको खोजतलासले हराइरहेका फेला नपरेपछि क्रेनको प्रयोग गरेर खोजी अभियान तीब्र पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिएका छन् ।

शर्माले छोराछोरीसहित वेपत्ता भएका झलक ढकालका परिवारसँग भेटी खोजतलासमा कुनै कसर बाँकी नराख्ने आश्वासन समेत दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली र स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहेको छ ।

पानीको बहाब घटेकाले अब खोजी कार्य सहज हुने उनले बताए । अहिले क्रेनको सहायतामा खोजी कार्य जारी रहेको मुग्लीन प्रहरीले जनाएको छ ।

पीडित परिवारले भने प्रशासनले खोजीमा तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरका छन् ।

नारायणगढबाट काठमाडौँ जाँदै गरेको बा२ख २५९८ नम्बरको माइक्रो बस २८ असोजमा टीकाको दिन साँझ चितवनको दारेचोक गाविस–९ फिस्लिङ नजिकबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । नौ जना यात्रुलाई जीवितै उद्धार गरिएको छ भने १३ यात्रु नदीमा डुबेर हराइरहेका छन् । आफन्तकहाँ टीका थाप्न गएकाहरु दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायब निरीक्षक रोहित दुलालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी वेपत्ता हुनेहरुमा चितवन भरतपुरका झलक ढकाल, छोरा निमेश ढकाल, छोरी यसस्वी ढकाल, धादिङ बेनिघाटका लोकबहादुर बानियाँ, चन्दा बानियाँ र छोरी अप्सरा बानियाँ, काठमाडौँकी रीना अधिकारी, उनका १२ बर्षीय छोरा विपिन अधिकारी रहेका छन् ।

यस्तै चितवन मङ्गलपुरकी सविना पौडेल र उनका १२ वर्षीया छोरी रेश्मा पौडेल, ललितपुरकी सम्झना खनाल, गोर्खाकी पार्वती तिवारी र सवारी चालक माइला परियार पनि बेपत्ता छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>