समाचारबिहीबार, आश्विन ३१, २०७०

संविधान बनाउन लोकतान्त्रिक शक्तिलाई मतः नेता नेपाल

हिमालखबर

काठमाडौंको नाङ्लेभारेमा ३१ असोजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता नेपालले विगठित संविधान सभामा सबैभन्दा ठूलो दल माओवादीका कारण संविधान बन्न नसकेको आरोप लगाएका छन् । नेता नेपालले अब चाँडै संविधान निर्माणका लागि ४ मंसीरमा हुने निर्वाचनमा प्रजातान्त्रिक शक्तिलाई विजयी गराउनु पर्नेमा जोड दिए ।

एमालेले एक/दुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उनले घोषणापत्रमा मिश्रित शासकीय स्वरूप, सात संघीय प्रदेश, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपतिको प्रस्ताव गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>