समाचारशुक्रबार, कार्तिक १, २०७०

माओवादी नेता गौतमको निधन

हिमालखबर

३१ असोज राति निधन भएका माओवादी नेता शिवराज गौतमलाई नेकपा-माओवादी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै एमाले अध्यक्ष झलनाथ खनाल ।

रक्त क्यान्सरबाट पीडित नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार शिवराज गौतमको ७६ वर्षको उमेरमा ललितपुरमा निधन भएको छ ।

दाङ्को हापुर वगिया स्थायी घर भएका गौतमको ३१ असोज राति ललितपुरस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०१७ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेका गौतम २०४८ सालमा दाङ २ बाट एमालेका तर्फबाट संसद सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि २०२२ सालताका उनी गाउँ पञ्चायतको प्रधानपन्च पनि थिए ।

माओवादीको हिंसात्मक विद्रोहसँगै एमाले छाडेर माओवादीमा प्रवेश गरेका गौतम पछिल्लो समय नेकपा-माओवादीका सल्लाहकार र ‘संयुक्त जनक्रान्तिकारी जनपरिषद्’ का केन्द्रीय सदस्य थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>