समाचारशुक्रबार, कार्तिक १, २०७०

कांग्रेसले चियापान कार्यक्रम नगर्ने

हिमालखबर

पार्टीका नेता, कार्यकर्ता चुनावको प्रचारप्रसारमा देशभर खटिएको र चुनावी अभियानमा प्रतिकूल असर पर्ने भन्दै नेपाली कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।

निर्वाचन आचारसंहितालाई समेत ध्यान दिई यसपटकको चियापान स्थगित गरिएको पार्टीका मुख्य सचिव चीनकाजी श्रेष्ठले बताएका छन् ।

कांग्रेसका संस्थापक नेता एवम् तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोेइराला विसं २०३३ मा राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी भारत प्रवासबाट स्वदेश फर्किएपछि विजयादशमीका अवसरमा चियापान कार्यक्रमको परम्परा शुरु गरेका थिए ।

यसैबीच कांग्रेसले २ कात्तिकमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्रलाई अन्तिम टुङ्गो लगाउन सम्बन्धित समितिको बैठक बसिरहेको र साँझसम्म टुङ्गो लगाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मुख्य सचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>