थप समाचारशनिबार, कार्तिक २, २०७०
नेपाललाई हिन्दू राष्ट्र बनाउन मोदीको समर्थनः थापा
विराटनगर विमानस्थलमा २ कात्तिकमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतको प्रमुख विपक्षी दल भाजपाका नेता एवम् गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउन सहयोग गर्ने बताएका छन् ।
दशैंका बेला भारत गएका थापाले मोदीसँग भेट गरेका थिए । मोदीसँग एक घण्टा कुरा गरेको बताएका थापाले विश्वका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्रकै रुपमा रहोस् भन्ने रहेको समेत दाबी गरे ।
राप्रपा नेपालले हिन्दूराष्ट्रका पक्षमा र जातीय संघीयताको विरोधमा वकालत गर्दै आएको छ ।
थापाले राष्ट्रिय अखण्डता जोगाउन र राप्रपा नेपालप्रति जनलहर सिर्जना गर्न ४ कात्तिकदेखि गोरखाबाट राष्ट्रिय एकता यात्रा प्रारम्भ गर्ने जानकारी दिए ।
