थप समाचारशनिबार, कार्तिक २, २०७०

गैरआवासीय नेपाली संघको महाधिवेशन शुरु

हिमालखबर

महाधिवेशनको सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष देवमान हीराचन र अध्यक्ष जिवा लामिछानेले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

महाधिवेशनले सङ्घका महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ भने आजै विधान संशोधन गरिने भएको छ । ३ कात्तिकमा सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि ४ र ५ गते छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ ।

महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । विश्वका ६५ मुलुकमा सङ्घको राष्ट्रिय परिषद् गठन भइसकेको छ । एक दशकअघि सङ्घ स्थापना भएको हो ।

राष्ट्रपति डा रामवरण यादवले विश्व सम्मेलनको ४ कात्तिकमा उद्घाटन गर्नेे कार्यक्रम छ ।

सम्मेलनमा सामूहिक लगानी, वैदेशिक रोजगारी, परोपकार, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, निजी क्षेत्रसँगको साझेदारीलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी उनीहरूसँग नेपालका लागि आर्थिक उन्नतिका विषयमा छलफलसमेत गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>